Connect with us

राजनीति

सुनियोजित ढंगबाट गृहमन्त्रीमाथि प्रहार गर्न खोज्नु दुखद् : नेता शाही

Published

on

नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले गृहमन्त्री रमेश लेखकमाथि सुनियोजित ढंगले प्रहार गर्ने काम भइरहेको आरोप लगाएका छन्। काठमाडौंको धुमबाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेको भनेर अनर्गल प्रचार गर्न खोजिएको बताएका हुन्।

व्यक्तिगत भेट नभइ एक कार्यक्रममा खिचिएको फोटोलाई लिएर यतिबेला गलत प्रचार गर्ने काम भइरहेको शाहीको आरोप छ। ‘उहाँले व्यक्तिगत भेट्नु भएको होइन। काठमाडौंको लाजिमपाटस्थित दूसित प्रिन्सेज होटेलमा यही फागुन १७ गते साझ करिब ६ बजे आयोजित एक मित्रको छोराको पास्नीको भिडभाडमा खिचिएको फोटो हो। त्यस्तो भिडमा जसले पनि फोटो खिच्छ। त्यसैलाई जोडेर गृहमन्त्रीको बदनाम गर्न खोजियो,’ उनले भने।

उनले यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेका छन्। सत्यतथ्य नबुझि गरिने भ्रमको कडा प्रतिबाद गरिने चेतावनीसमेत शाहीको छ।

‘गृहमन्त्रीले उहाँलाई क्वाटरमा भेट्नु भएको होइन। सोही समारोहमा म र बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, बन मन्त्री ऐनबहादुर शाही, खेलकुद मन्त्री तेजुलाल चौधरीलगायत महत्त्वपूर्ण व्यक्तिहरू आमन्त्रण गरिए अनुरुप समारोहमा उपस्थित थियौं। त्यसैले त्यो सार्वजनिक स्थलमा आयोजित कार्यक्रममा खिचिएको फोटो हो। त्यसको गलत व्याख्या गर्ने काम भएको छ,’ उनले भने।

गृहमन्त्रीले राम्रो काम गर्न खोजिरहेकाले पछिल्लो समय केही अराजक तत्व सलबलाउन खोजेको शाहीको आरोप छ। उसले यस्ता हर्कत कांग्रेसका लागि सह्य नहुने बताएका छन्। उक्त कार्यक्रममा अरु व्यक्ति सँगै रहेको फोटो क्रप गरेर गलत प्रचार गरिएको शाहीले बताएका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.