Connect with us

राजनीति

एकीकृत समाजवादीमा माधव नेपालका बारेमा लेख्न/बोल्न बन्देज

Published

on


नेकपा (एकीकृत समाजवादी) ले संसदबाट निलम्बित भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालका बारेमा लेख्न्, बोल्न बन्देज लगाएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको आधिकारिक धारणासँग बाँझिने गरी लेख्न, बोल्न बन्देज लगाएका हुन् ।

महासचिव भुसालले अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका विषयमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको समेत जनाएका छन् ।

काभ्रेको पतञ्जली जग्गा प्रकरणमा अख्तियारलृे विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल प्रतिनिधिसभा सदस्यबाट निलम्बित छन् । नेपाललाई केही दिन अघि मात्र विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले हिजो शनिबार रुपन्देहीको तिलोत्तमामा अर्ली महाधिवेशन गरेर पार्टी अध्यक्ष फेर्ने प्रस्ताव गरेकी थिइन् । उनले मरेको सिनो काधँमा बोक्न नसकिने अभिव्यक्ति समेत दिएकी थिइन । झाँक्रीको त्यही अभिव्इक्तिपछि भुसालले नेपालका विषयमा लेख्न, बोल्न बन्देज लगाएका हुन् ।
“…यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने नै छ ।

तसर्थ, पार्टीको आधिकारिक धारणासँग बाँझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ,” भुसालले भनेका छन्, “पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न तथा कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.