Connect with us

राजनीति

नाउपाले गर्यो सरकारबाट बाहिरिने निर्णय

Published

on

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज शनिबार बसेको संसदीय दलको बैठकले सरकार छोडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिएकी छन् ।

‘आजको संसदीय दलको बैठकबाट सरकार छोड्ने निर्णय गरेका छौँ,’ श्रेष्ठ भन्छिन्, ‘यसको जानकारी सभामुख र प्रधानमन्त्रीलाई गराउँछौँ। पर्सी २३ असारको संसद् बैठकदेखि प्रतिपक्षमा बस्छौँ।’ नाउपाबाट संघीय सरकारमा अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रीको जिम्मेवारीमा छन्। उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्रीले त्यहाँको सरकारका वन मन्त्रीलाई अस्ति बर्खास्त गरेका थिए । यसपछि नाउपा र सरकारबीच खटपटी बढेको थियो । यद्यपि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नाउपालाई सरकारमा सामेल गराउनु पर्ने अडान राखिरहेका छन् । उनले सुदूरपश्चिमका मुख्य मन्त्रीलाई नाउपालाई प्रदेश सरकारमा सामेल गराउन निर्देशन दिइसकेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.