नेकपा (एमाले) को ११ औँ महाधिवेशन नजिकिएसँगै नेताहरूले आ-आफ्ना धारणा सार्वजनिक गर्ने क्रम बढेको छ। आज काठमाडौँमा एमालेको महाधिवेशन केन्द्रित दुई छुट्टाछुट्टै कार्यक्रम हुँदैछन्। प्रेस चौतारीले एमालेका सचिव लेखराज भट्टसँग महाधिवेशन केन्द्रीत संवाद कार्यक्रम राखेको छ। भट्टसँगको कार्यक्रम दिउँसो २ बजे राखिएको छ। महाधिवेशनको सरगर्मी बढेसँगै चौतारीले प्रायः एमालेको संस्थापन पक्षमा खुलेका नेताहरूसँग संवाद गर्दै आएको छ।
संस्थापन इतर (विद्या भण्डारी(ईश्वर पोखरेल) तिर खुलेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डेसहितका महिला नेताहरूले पनि बागबजारस्थित होटल हार्दिकमा आजै छुट्टै अन्तरसम्वाद कार्यक्रम राखेका छन् । दिउँसो १ बजे राखिएको यो अन्तरसंवाद कार्यक्रममा रचना खड्का, उषा किरण तिम्सिनालगायतका नेतृहरुले पार्टी महाधिवेशन र नेतृत्वबारे अन्तरसम्वाद गर्न लागेका हुन्।
एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौँमा हुन लागेको ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर आगामी नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएका छन्।