Connect with us

राजनीति

एमाले महाधिवेशनः शेरबहादुर देउवादेखि प्रचण्ड, थापासम्मलाई निम्तो

Published

on

नेकपा (एमाले) ले आफ्नो आसन्न ११ औं महाधिवेशनको उद्घाटन समारोहमा विघठित संसदमा प्रतिनिधित्व गर्नेसहित १६ दललाई निम्तो दिने भएको छ । २४ भदौसम्मको सत्ता सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नेताहरु रघुवीर महासेठ, महेश बर्तौलालगायत उनको निवासमै गएर आज निमन्त्रणा दिएका छन् । आजै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर निम्तो दिइने बुझिएको छ ।

महाधिवेशनमा शुभकामना दिन विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलहरुलाई बोलाइने भएको छ । जसअनुसार कांग्रेस, रास्वपा, राप्रपा, दुई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलाई निम्त्याइने भएको छ । रास्वपाका सभापति रवि लामिछाने कारागारमा रहेकाले कार्यवाहक सभापति डिपी अर्याललाई अतिथिमा निम्त्याईने छ ।

विघठित प्रतिनिधिसभामा नभएका मध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापाले निम्तो पाउनेछन् । यस्तै, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई बोलाइने अध्यक्ष केपी शर्मा ओली निकट रहेका एमालेका एक नेताको भनाइ छ ।

नयाँ खुलेका दलहरुलाई भने एमालेले बोलाउने छैन । उज्यालो नेपाल, श्रम संस्कृति, प्रगतिशील नागरिक पार्टीलगायतलाई भने एमालेले निमन्त्रणा नगर्ने भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.