नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्कासन गरिएको दाबी गरेका छन्। आज बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् ।
एमालेको दशौं महाधिवेशनमा उनले केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा परेका थिए । ‘अध्यक्ष पदमा उम्मेदवार दिएवापत स्पष्टीकरण खानुपर्ने ?,’ रावलले भने, ‘मेरो सदस्यता नै ओलीले खान मिल्छ र ?’
अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरेका छन्।